जनस्तरमा पुग्न सकेन स्वास्थ्य बिमा
पाेखरा | माघ ५, २०७९
म्याग्दी: सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन । नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमाको पहुँच हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्यामा पनि पुग्न नसकेको तथ्याङ्क छ ।
वि.सं. २०७३ सालबाट म्याग्दीमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट अहिले पाँच हजार पाँच सय १६ परिवारका २८ हजार तीन सय ४३ जनाले सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख दर्ता अधिकारी उपेन्द्र बरालका अनुसार म्याग्दी जिल्लामा पूर्ण निःशुल्क रूपमा चार हजार नौ सय ३८ जना ज्येष्ठ नागरिकले पूर्ण छुटका साथ बीमा सेवा लिइरहेका छन् ।
यसै गरी पूर्ण छुट पाउने ‘क’ वर्गका अपाङ्ग परिवारका १ सय १८, ‘ख’ वर्गका अपाङ्ग परिवार ४ सय ४८ रहेका छन् । त्यस्तै प्रदेश सरकारबाट छुट पाउने एचआइभी सङ्क्रमितहरू ३० जनाले पनि स्वास्थ्य बीमाको सुविधा लिने गरेको दर्ता अधिकारी बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रभावकारी तवरले बीमालाई जनस्तरमा पुर्याउने प्रयास भए पनि स्वास्थ्य संस्थाको कमी, स्थानीय तहमा काम गर्ने दर्ता सहयोगीको अभावले गर्दा छुटेकाहरूको पनि बीमा गर्न कठिनाइ भएको छ ।’
सरकारी अस्पतालबाटै जनताले सुविधा लिनुपर्ने भएकोले पनि सदरमुकाममा हुने निजी क्लिनिकमा पुगेर औषधी गर्न जनता बानी परेकाले पनि बीमातर्फ आकर्षित गर्न समस्या भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । गुणस्तरीय सेवा सरकारी अस्पतालमा पाउने भए पनि छिटो सुविधा खोज्ने बानी परेको कारणले गर्दा बीमातर्फ जनता आउन हिचकिचाउन गरेका छन् ।
२०७३ साल पुस १३ गतेबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका लागि ४३ जना दर्ता सहयोगी छनौट गरेर गरिएको थियो । हाल ५ हजार ५ सय १६ परिवारका २८ हजार ३ सय ३४ जना जनसङ्ख्या मात्रै बीमाको पहुँचमा पुगेका छन् । तत्कालीन सुरुआती समयमा दुई हजार पाँच सय प्रिमियम तिरेपछि ५ जनाको परिवारले ५० हजार रुपैयाँ बराबरको स्वास्थ्योपचार पाउने गरेकोमा अहिले तीस हजार पाँच सय रुपैयाँ प्रिमियम तिरे एक लाख बराबरको सुविधा पाउन थालिएको छ । सबै नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रम २०७२ मा कैलालीबाट सुरु भएको थियो ।
‘स्वास्थ्य बीमा दूर दराजमा पुग्न सकेकै छैन, अहिले पनि बीमा बजार केन्द्रित मात्रै देखिएकोले यसलाई अरू प्रभावकारी बनाउनका लागि बोर्डले नै पहलकदमी गर्नुपर्ने देखिन्छ’ नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले भन्नुभयो । ‘स्वास्थ्य सबै नागरिकहरूको सरोकार हो र स्वास्थ्य बीमा गर्नुपर्छ पनि । त्यसमा बढी प्रभावकारी स्थानीय तहका जनप्रतिनिधिको हुने भएकाले उनीहरू बढी जिम्मेवार तथा जनतासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूले जनतासम्म यसको बारेमा पुर्याएको खण्डमा प्रभावकारी तवरले अगाडि बढ्छ’ उहाँले थप्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोर्डले प्रभावकारी तवरले काम गर्न नसकेको कारणले गर्दा नै जनस्तरमा बीमाको पहुँच पुग्न सकेको छैन । बीमा गरेकाहरूले आफूले पाउनुपर्ने सुविधा समेत राम्रोसँग उपभोग गर्न पाएका छैनन् । त्यसैले बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

